🔯 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मानसिक चञ्चलता बढ्नेछ। निर्णयमा ढिलासुस्ती हुन सक्छ। व्यावसायिक काममा सामान्य लाभ मिल्ने संकेत छ।
🔯 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन खर्च बढ्ने देखिन्छ। परिवारमा सल्लाह बिना निर्णय नगर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा पनि ख्याल गर्नुहोस्।
🔯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सकारात्मक सोच बढ्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। साथीभाइबाट सहयोग पाइनेछ।
🔯 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा सफलता मिल्नेछ। मान–सम्मान बढ्ने संकेत छ। घरपरिवारमा खुसीको वातावरण रहनेछ।
🔯 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नै कारणले अवसर गुम्ने सम्भावना छ, सतर्क रहनुहोस्। बोलीमा संयमता अपनाउनु राम्रो।
🔯 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थी तथा सृजनात्मक काममा लाग्नेहरूका लागि शुभ दिन छ। नयाँ योजना बन्न सक्छ।
🔯 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सम्बन्ध मजबुत हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ।
🔯 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चापले मानसिक तनाव आउन सक्छ। स्वास्थ्यमा पनि सामान्य कमजोरी देखिन सक्छ।
🔯 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
पुराना साथीभाइसँग भेटघाट हुनेछ। दाम्पत्य जीवनमा मिठास बढ्नेछ। यात्राको सम्भावना छ।
🔯 मकर (भो, ज, जी, खि, खु, खे, खो, गा, गि)
काममा प्रगति देखिनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। तर, बिनाजानकारीमा ठूला निर्णय नगर्नुहोस्।
🔯 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभ समाचार प्राप्त हुन सक्छ। तर, पैसा सम्बन्धी निर्णय सोचेर मात्र गर्नु उचित हुनेछ।
🔯 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आत्मविश्वास बढ्नेछ। परिश्रम अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ। वैदेशिक समाचार आउन सक्छ।
Comments
Post a Comment